देशभर थप ३० जनाको कोरोनाका कारण मृत्यु, २३ सय ८२ जना स्वस्थ



Download our app to get more features

काठमाडौं, ५ भदौ । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ८ लाख २५ हजार नाघेको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १३ हजार ७५ कोरोना परीक्षण गर्दा थप २ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा ७ हजार ७ सय ७ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १ हजार ४ सय २४ र ५ हजार ३ सय ७२ एन्टीजेन परीक्षण गर्दा ६ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ७ लाख ४५ हजार ७ सय ३१ र ७९ हजार ९ सष्य ९१ जनामा एन्टीजेन विधिबाट कोरोना संक्रमण देखिएको छ भने समग्रमा हालसम्म् ८ लाख २५ हजार ७ सय २२ जना संक्रमितको संख्या पुगेको छ ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये २ हजार ३ सय ८२ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ६ लाख ९५ हजार ९ सय २५ पुगेको छ ।

गत २४ घन्टामा देशभर थप ३० जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण १० हजार ४ सय ८५ जनाको मृत्यु भइसकेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय २१ रहेको छ ।

Last modified on 2021-08-22 07:02:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts