जापानबाट आइपुग्यो दुई लाख अष्ट्राजेनेका खोप
काठमाडौं, ५ भदौ । कोरोना भाइरस विरुद्धको दुई लाख ८ हजार ६० डोज अष्ट्राजेनेका खोप जापानबाट नेपाल आएको छ। स्वास्थ्य सचिव रोशन पोखरेलका अनुसार उक्त खोप कतार एयरलाइन्सबाट शनिबार बिहान नेपाल आइपुगेको हो।
जापानबाट यसअघि ८ लाख ४७ हजार ३२० डोज खोप नेपाल आएको थियो। जापान सरकारले १६ लाख डोज खोप नेपाललाई दिने छ । त्यस्तै सचिव पोखरेलका अनुसार बाँकी रहेको खोप सोमबारसम्ममा नेपाल आइपुग्ने छ ।
पोखरेलका अनुसार उक्त खोप पहिलो खोप लगाएर बसेका ६५ वर्षमाथिका मानिसले लगाउन सक्छन । शनिबार आएको खोप प्रदेश १ र २ मा जाने उनले भनाइ छ ।