चितवनमा संक्रमित ३ सय ७६ जनाको मृत्यु, कुन उमेर समूहको कति ?



Download our app to get more features

चितवन, ४ भदौ । चितवनमा अहिलेसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमित मध्ये १ दशमलव ६ प्रतिशतको मृत्यु भएको छ । जिल्लाभर अहिलेसम्म कुल २३ हजार ७ सय २१ जना संक्रमित भएका मध्ये ३ सय ७६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । जिल्लामा भएको यो मृत्युदर १ दशमलव ६ प्रतिशत हुन आउँछ ।

मृत्यु हुनेमा कुन उमेर समूहका कति ?

जिल्लाभर कोरोना संक्रमणबाट मृत्यु हुनेमा ६१ देखि ७० वर्ष उमेर समूहका सबैभन्दा बढी ८७ जना छन् भने १० वर्ष मुनिका उमेर समूहका सबैभन्दा कम १ जना रहेको छ । त्यस्तै, अन्य मृत्यु हुनेमा ११ देखि २० वर्ष उमेर समूहका ४ जना, २१ देखि ३० वर्ष उमेर समूहका ८ जना, ३१ देखि ४० वर्ष उमेर समूहका ३४ जना, ४१ देखि ५० वर्ष उमेर समूहका ४० जना, ५१ देखि ६० वर्ष उमेर समूहका ८४ जना रहेका छन् ।

त्यसैगरी, मृत्यु हुनेमा ७१ देखि ८० वर्ष उमेर समूहका ६२ जना र ८० वर्ष देखि माथि उमेर समूहका ५६ जना रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

सक्रिय संक्रमितको संख्या २२ सयमाथि

जिल्लामा शुक्रवार दिउँसोसम्म सक्रिय संक्रमितको संख्या २ हजार २ सय २९ छ ।

जिल्लामा सबैभन्दा बढी सक्रिय संक्रमित रहेका भरतपुर महानगरपालिकामा १ हजार ४ सय ७२ जना छन् । त्यस्तै, जिल्लाकै एकमात्रै गाउँपालिका इच्छाकामनामा भने सक्रिय संक्रमित २३ जना मात्र रहेका छन् । बाँकी अन्य ४ स्थानीय तहका छन् । सक्रिय संक्रमित मध्ये २ हजार ८९ जना होम आइसोलेसन, १ सय ३७ जना अस्पताल भर्ना भई उपचाररत् रहेका छन् भने ३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । जिल्लाभर मात्रै अहिलेसम्म २१ हजार १ सय १६ जना निको भइसकेका छन् ।

Last modified on 2021-08-21 09:48:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts