२४ घन्टामा झन्डै २ लाखले लगाए कोरोनाविरुद्धको खोप,२६ जनाको मृत्यु



Download our app to get more features

काठमाडौं, ४ भदौ । नेपालमा थप २६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २६  जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ४ सय ५५ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३ सय ९ रहेको छ । जसमा ३६ हजार ९ सय २२ जना होम आइसोलेसनमा छन् भने ३ हजार ३ सय ७८ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।

यस्तै हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ७ सय १४ जना आईसीयूमा उपचाररत छन् भने १ सय ७१ जना भेन्टिलेटरमा भर्ना भएका छन् ।

गत २४ घन्टामा देशभर १ लाख ८० हजार २८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने हालसम्म कोरोनाको दुबै मात्रा खोप लगाउनेको संख्या ३७ लाख ९९ हजार १ सय ७८ पुगेको छ ।

Last modified on 2021-08-21 09:48:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts