के कोरोना खोप लगाएपछि कुनै पनि असर नदेखिएमा खोपले काम गर्दैन ?



Download our app to get more features

काठमाडौं,४ साउन । कोरोना भाइरसविरुद्धको खोप लगाएपछि प्राय व्यक्तिहरुलाई कुनै न कुनै असर देखिएको हुन्छ । तर कतिपयलाई त्यस्ता असर नदेखिन पनि सक्छन । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना विरुद्धको खोप लगाइसकेपछि कुनै पनि असर नदेखिएमा खोप काम गर्दैन भन्ने कुरा भम्र मात्र हो ।

खोप लगाएपछि कुनै पनि असरा नदेखिने कुरालाई खोपको प्रभावकारितासँग जोडेर हेर्न मिल्दैन। खोप लगाएपछि केही  असर कसैमा देखिने र कसैमा नदेखिने हुन्छ। तर, यो दुबै अवस्थामा खोपले काम भने गर्छ । 

खोपले दिने सुरक्षा र खोपको असर बीच कुनै प्रत्यक्ष सम्बन्ध नरहेको मन्त्रालयले जनाएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts