दैनिक प्रयोग गरिने स्यानिटाइजरले तपाईंको छालामा कस्तो असर पार्छ ? जानौं भिडियोसहित

What's This?


Download our app to get more features

काठमाडौं । पछिल्लो समय विश्वभर कोरोना महामारी आएसंगै स्यानिटाइजरको प्रयोग पनि ह्वातै बढेको छ ।

कोरोना संक्रमणबाट बच्ने उपाय मध्येको एक  हो दैनिक रुपमा स्यानिटाइजरको प्रयोग गर्नु । 

हामिले कुनै बस्तुलाई छोएपछि त्यसबाट किटाणु मुख वा नाक सम्म नपुगोस भनेर स्यानिटाइजरको प्रयोग गर्ने गर्छौ ।

त्यसरी स्यानिटाइजरको प्रयोग गर्दा हाम्रो छालामा त्यसले कतिको असर पारिरहेको छ भन्ने कुरामा भने हामिले ध्यान दिइरहेका छैनौ ।

धेरै स्यानिटाइजर प्रयोग गर्दा छालामा विभिन्न खालका समस्याहरु देखिने बताउछन् छाला रोग विशेषज्ञ डा.नितेश राज पोखरेल ।

उनका अनुसार धेरै स्यानिटाइजर प्रयोगले छाला फुस्रो हुँदै जाने, छाला चिलाउने, रातो विविरा र पानीको फोका आउने हातको नङ्गमा इन्फेक्सन हुने जस्ता समस्याहरु देखा पर्छन् ।

यस्ता समस्याबाट बच्नका लागि ग्लीसीरीनयुक्त स्यानिजाइजरको प्रयोग गर्ने, छाला फुस्रो हुनबाट बचाउन हात धुने साथै वा दैनिक रुपमा बेलुका मोस्टराइजरको प्रयोग गर्ने सुझाव दिन्छन् डा.पोखरेल ।

स्यानिजाइजर प्रयोग गरेर खाना बनाउदा बर्नहरु हुने, यदि बालबालिकाले झुकिएर स्यानिजाइजर खाएमा पोइजन हुने,थाहा नपाइ आखाँमा स्यानिटाइजर पर्दा हाइ डामेज हुने जस्ता अल्पकालीन समस्याहरु देखिन सक्छ ।

छालामा देखिएको समस्याहरु यदि मस्टराइजर प्रयोग गर्दा पनि कम नभएका नजिकको अस्पतालहरुमा जानका लागि डा.पोखरेलले सुझाव दिएका छन् ।

हेरौं भिडियोमा

Last modified on 2021-08-20 16:56:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts