पछिल्लो २४ घण्टामा ३ हजार ७५ मा संक्रमण , ३३ जनाको मृत्यु
काठमाडौं, ३ भदौ । देशभर पछिल्लो २४ घण्टामा १६ हजार चार सय ३८ जनामा कोरोना परीक्षण गर्दा तीन हजार ७५ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार चार सय २९ जना पुगेको मन्त्रालयले जनाएको छ।साथै २१ सय २६ जना कोरोना मुक्त भएका छन्।
काठमाडौंमा ६ सय ३९ जना,भक्तपुरमा एक सय एक र ललितपुरमा एक सय २७ गरी उपत्यकाभित्र कुल ८ सय ६७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ५ सयजना रहेका छन् । जसमध्ये ३७ हजार ११४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३८३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३९ जना आईसीयू र १६८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।