चाडपर्वहरु सांकेतिक तवरले मनाउन काठमाडौं प्रशासनको आग्रह 



Download our app to get more features

काठमाडौं,३ भदौ । जिल्ला प्रशासन कार्यलय काठमाडौंले आउने चाडपर्वहरुमा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । 

प्रशासनले एक सुचना जारी गर्दै आउदै गरेको जनैपूर्णिमा,ऋषितर्पणी र गाईजात्रा लगायत पर्वहरु स्वास्थ्य प्रोटोकलको पूर्ण पालना हुने गरी परम्परागत रुपमा संकेतिक तवरले मनाउन साथै भिडभाडजन्य गतिविधि नगर्न र नगराउन आग्रह गरेको छ । 

त्यस्तै जिल्लामा जारी रहेको निषेधाज्ञा कायम रहेको जनाउदै प्रशासनले त्यसलाई ध्यान दिन अनुरोध गरेको छ । 

Last modified on 2021-08-20 12:53:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts