के कोरोना लागेर निको भइसकेकाले नी कोरोनाविरुद्धको खोप लगाउनु पर्छ ?
काठमाडौं,३ भदौ । पहिले नै कोभिड - १९ संक्रमण भएर अहिले सन्चो भइसकेकाहरुले पनि कोभिड- १९ विरुद्धको खोप लगाउनु पर्छ ।
एकपटक कोभिड- १९ लागिसकेको व्यक्तिले कोभिड- १९ विरुद्ध प्राप्त गर्ने प्राकृतिक प्रतिरोधात्मक क्षमता व्यक्ति अनुसार फरक हुन्छ र यो सुरक्षा कति समयसम्म रहन्छ भन्ने पनि अहिलेसम्म यकिन गर्न सकिएको छैन ।
त्यसैले कोभिड लागेर निको भएको १ महिना पछि आफ्नो पालो आएपछि खोप लगाउनु पर्छ ।
Last modified on 2021-08-19 10:38:35