कर्णाली कलेज अफ हेल्थ साइन्समा विद्यार्थीकाे तालाबन्दी

काठमाडौं,२ भदौ । विद्यार्थीले गौशाला बत्तिसपुतलीस्थित कर्णाली कलेज अफ हेल्थ साइन्समा ताला लगाएका छन्। कलेजले गरेको अनलाइन अध्यापनको पूरा शुल्क लिएको विरोधमा उनीहरूले बुधबार कलेज प्रशासनको गेटमा ताला लगाएका हुन्।
कलेजका एक विद्यार्थीले कोभिडको कहरमा पनि कलेजले शुल्कमा अलिकति पनि छुट नदिएको भन्दै बिपिएचलगायत संकायका सबै विद्यार्थी मिलेर तालाबन्दी गरेको जानकारी दिए।
उनले भने,‘पूरा शुल्क उठाउन कलेजले पटक-पटक हामीलाई यातना दिएको छ।’ कलेजले अनलाइन अध्यापनमा ३० प्रतिशतसम्म छुट नदिउन्जेल ताला नखोल्ने उनले बताए।
Last modified on 2021-08-18 19:29:12