कोरोनाबाट ४२ जनाको मृत्यु,देशभर ४० हजार बढी सक्रिय संक्रमित



Download our app to get more features


काठमाडौं, २ भदौ । नेपालमा थप ४२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ४२ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ३ सय ९६ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३ सय ३८ रहेको छ । जसमा ३६ हजार ८ सय  ६  जना होम आइसोलेसनमा छन् भने ३ हजार ५ सय ३२ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।

यस्तै हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ७ सय ७० जना आईसीयूमा उपचाररत छन् भने १ सय ८६ जना भेन्टिलेटरमा भर्ना भएका छन् ।

गत २४ घन्टामा देशभर ८४ हजार १ सय ३३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने हालसम्म कोरोनाको दुबै मात्रा खोप लगाउनेको संख्या ३६ लाख ४९  हजार ७ सय ६० पुगेको छ ।

Last modified on 2021-08-18 18:52:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts