बालुवाटारमा प्रधानमन्त्री देउवा र डा.केसीबीच छलफल जारी
काठमाडौं, १ भदौ । बालुवाटारमा प्रधानमन्त्री देउवा र डा. केसीबीच छलफल जारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजेबाट छलफल सुरु भएको हो । छलफलमा डा. केसीका तर्फबाट वम प्रकाश अर्याल,प्रीतम सुवेदी,डा लेचन कार्की,डा अन्जनी कुमार झा र डा जीवन गरी ६ जनाको टोली रहेका छन्।
डा. केसीले ५ बुँदे माग राखेका छन् । उनले आफ्ना ५ बुँदे माग पुरा नभए ३ गतेबाट अनसन बस्ने चेतावनी दिएका थिए । केसीले दिएको अल्टिमेटमको समय सकिन दुई दिन बाँकी रहेको समयमा प्रधानमन्त्री देउवाले छलफलका लागि बोलाएका हुन् ।
Last modified on 2021-08-18 06:52:09