कोरोनाबाट थप २७ जनाको मृत्यु,७ सय ९० जना आईसीयूमा
काठमाडौं,१ भदौ । नेपालमा थप २७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २७ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ३ सय ५४ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ८ सय ७१ रहेको छ । जसमा ३६ हजार ५ सय ७५ जना होम आइसोलेसनमा छन् भने ३ हजार २ सय ९६ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।
यस्तै हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ७ सय ९० जना आईसीयूमा उपचाररत छन् भने १ सय ९१ जना भेन्टिलेटरमा भर्ना भएका छन् ।
गत २४ घन्टामा देशभर १ लाख ४४ हजार ५ सय २८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने हालसम्म कोरोनाको दुबै मात्रा खोप लगाउनेको संख्या ३५ लाख ८६ हजार ६ सय ७३ पुगेको छ ।