छलफलका लागि प्रधानमन्त्री देउवाले डा.केसीलाई बालुवाटार बोलाए



Download our app to get more features

काठमाडौं, १ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले छलफलका लागि डा.केसीलाई बालुवाटार बोलाएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे छलफलका लागि बोलाएको डा. केसी अलायन्सका प्रतिम सुवेदीले जानकारी दिएका छन् । छलफलका लागि  डा. केसी  टीम बालुवाटार जाने उनले बताएका छन् । 

डा. केसीले ५ बुँदे माग राखेका छन् । उनले आफ्ना ५ बुँदे माग पुरा नभए ३ गतेबाट अनसन बस्ने चेतावनी दिएका थिए । केसीले दिएको अल्टिमेटमको समय सकिन दुई दिन बाँकी रहेको समयमा प्रधानमन्त्री देउवाले छलफलका लागि बोलाएका हुन् ।

Last modified on 2021-08-17 17:46:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts