के कोभिड - १९ भाइरस लामखुट्टेको टोकाइले सर्छ ?
काठमाडौं, १ भदौ । विश्वभर कोभिड - १९ को महामारी फैलिरहदा के यो रोग लामखुट्टेको टोकाइले सर्छ ?
कोभिड - १९ लामखुट्टेको टोकाइले सर्दैन । हालसम्म लामखुट्टेको टोकाइले कोभिड - १९ भाइरस सर्न सक्ने कुनै पनि प्रमाण भेटिएको छैन ।
कसरी सर्न सक्छ कोभिड - १९ ?
कोभिड - १९ श्वासप्रश्वास सम्बन्धी भाइरस हो । यो भाइरस संक्रमित व्यक्तिले खोक्दा वा हाच्छयुँ गर्दा निस्कने थुक वा सिँगानका स साना छिटाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ।
यसबाट कसरी बच्ने ?
यसबाट बच्नका लागि नाक, मुख र चिउँडो छोपिने गरी मास्क लगाउनुपर्छ । कुनै सतह छोएपछि स्यानिटाइजरले हात निसंक्रमण गर्ने वा साबुनपानीले धुने र एक अर्कासँग भौतिक दूरी कायम गर्नुपर्छ ।
Last modified on 2021-08-17 14:15:42