धनगढीको निसर्ग हस्पिटलद्वारा ‘टेलीमेडिसिन सेवा’ सुरु



Download our app to get more features

धनगढी, १ भदौ ।  धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले सुदूरपश्चिममै पहिलो पटक ‘टेलीमेडिसिन सेवा’ सञ्चालनमा ल्याएको छ । 

सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकलाई समेत विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्य अनुसार प्रदेशमै पहिलो पटक ‘टेलीमेडिसिन सेवा’ सञ्चालनमा ल्याइएको हस्पिटलले जनाएको छ । 

निसर्ग हस्पिटलमा कार्यरत विशेषज्ञ चिकित्सकले ‘टेलीमेडिसिन सेवा’ को माध्यमबाट सात वटै पहाडी जिल्लाका बिरामीहरुलाई आवश्यक परामर्श तथाउ पचार सेवा प्रदान गर्ने हस्पिटलका स्वास्थ्य निर्देशक डा.मिराज आलम अन्सारीले जानकारी दिए ।

हस्पिटलका अध्यक्ष तीर्थराज पन्तले सोमबारदेखि बझाङबाट ‘टेलीमेडिसिन सेवा’ सुरु गरिएको बताउँदै छिट्टै अन्य जिल्लामा पनि विस्तार गरिने जनाए । 

जीआईजेड र मिदास टेक्नोलोजी प्राइभेट लिमिटेडसँगको सहकार्यमा बझाङको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रबाट ‘टेलीमेडिसिन सेवा’ सञ्चालनमा ल्याइएको उनले बताए । ‘टेलीमेडिसिन सेवा’मार्फत स्वास्थ्य परीक्षण तथा परामर्श लिएको शुुल्क भने लाग्ने छैन । 

‘टेलीमेडिसिन सेवा’ले विशेषज्ञ स्वास्थ्य सेवाका लागि पहाडी जिल्लाबाट धनगढी लगायतका ठाउँ धाउनुपर्ने बाध्यता हट्ने विश्वास समेत लिइएको छ । 

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा अहिलेसम्म कुुनै पनि अस्पतालले ‘टेलीमेडिसिन सेवा’ सञ्चालन गरेका छैनन् ।

Last modified on 2021-08-17 10:59:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts