चितवनमा आजदेखि ३ गतेसम्म भेरोसेलको दोस्रो मात्रा लगाइँदै



Download our app to get more features

चितवन, १ भदौ । चितवनमा आजदेखि ३ गतेसम्म कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ को दोस्रो मात्रा लगाइँदैछ ।  

आज मंगलबारदेखि बिहीबारसम्म जिल्लाभर सबै केन्द्रबाट ‘भेरोसेल’ को दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख अमृत महर्जनले जानकारी दिए । 

उनका अनुसार गत साउन ११ गतेदेखि १४ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाएका २५ हजारभन्दा बढीलाई अहिले दोस्रो मात्रा लगाउन लागिएको हो ।

आ–आफ्नो स्थानीय वडामा रहेका स्वास्थ्य संस्था एवम् खोप केन्द्रमा गई निर्धारित मितिमा दोस्रो मात्रा खोप लगाउन उनले सबै सर्वसाधारणमा अनुरोध गरेका छन् । खोप सेवा लिन जाँदा पहिलो मात्रा लगाएको खोप कार्ड, परिचय पत्र र जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गर्न समेत उनले सबैमा आग्रह गरेका छन् ।

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts