नेपालमा कोरोनाबाट थप ३५ जनाको मृत्यु,७ सय ९५ जना आईसीयूमा



Download our app to get more features

काठमाडौं,३२ साउन । नेपालमा थप ३५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३५ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ३ सय २७ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ७१ रहेको छ । जसमा ३६ हजार ३६ जना होम आइसोलेसनमा छन् भने ३ हजार ३ सय ३५ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।

यस्तै हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ७ सय ९५ जना आईसीयूमा उपचाररत छन् भने १ सय ९७ जना भेन्टिलेटरमा भर्ना भएका छन् ।

गत २४ घन्टामा देशभर १ लाख ५८ हजार ३ सय ३५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने हालसम्म कोरोनाको दुबै मात्रा खोप लगाउनेको संख्या ३४ लाख ९० हजार ६५ पुगेको छ ।

Last modified on 2021-08-17 06:56:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts