फार्मेसीमा अनियमिमता भएको उजुरी परेपछि नारायणी अस्पतालमा अख्तियारको छापा
काठमाडौं,३२ साउन । वीरगञ्जको नारायणी अस्पतालमा अख्तियार दुरुपयोग अनुसनधान आयोगले छापा मारेको छ ।
सोमबार अख्तियार दुरुपयोग अनुसनधान आयोग हेटौंडा कार्यालयको टोलीले नारायणी अस्पतालमा छापा मारेको हो ।
अख्तियार आयोग हेटौंडाको अनुसार अस्पतालले सञ्चालन गरेको फार्मेसीमा अनियमिमता भएको उजुरी परेपछि अनुसन्धानका लागि टोली अस्पताल पुगेको हो ।
अख्तियारले अस्पतालको फार्मेसीमा रहेको औषधि तथा औषधि खरिदता कागजात जफत गरेर अनुसन्धान गरिरहेको छ।
Last modified on 2021-08-16 16:44:12