कोरोना संक्रमणदर बढेसँगै बजारमा बढ्न थाल्यो रेम्डेसिभरको माग  



Download our app to get more features

काठमाडौं, ३२ साउन । नेपालमा पछिल्लो समय कोरोना संक्रमण बढेसँगै रेम्डेसिभर औषधिको माग पनि बढ्न थालेको छ ।

नेपालमा रेम्डेसिभर औषधि उत्पादन गर्दै आइरहेको नेपाल हेल्थ केयरका अनुसार विगत १५ दिन यता रेम्डेसिभर औषधिको माग बजारमा बढ्न थालेको हो ।

नेपाल हेल्थ केयरका निर्देशक अजय पाण्डेका अनुसार अहिले नेपालका प्रमुख शहरहरु काठमाडौं, पोखरा, विराटनगर र झापाबाट औषधिको बढी माग हुने गरेको छ । उक्त औषधि नेपालभर सहजताका साथ उपलब्ध गराइरहेको निर्देशक पाण्डेको भनाइ छ ।

असार १५ गतेदेखि औषधि उत्पादनको अनुमति पाएको नेपाल हेल्थ केयरले अहिले सम्म १५ हजार औषधि उत्पादन गरिसकेको छ भने ६ हजार खपत भइसकेको छ । बजारको माग बढेमा त्यहिअनुसार उत्पादन पनि बढाउदै लैजाने पाण्डे बताउछन् ।

रेम्डेसिभर ‘एन्टी भाइरस’ औषधि हो । 

Last modified on 2021-08-16 16:44:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts