स्वेदश फर्काउन सरकारलाई पाकिस्तानमा अध्ययनरत नेपाली डाक्टरहरुको आग्रह



Download our app to get more features

काठमाडौं,३२ साउन । पाकिस्तानमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका नेपालीहरुले स्वेदश फर्कने वातावरण बनाइदिन आग्रह गरेका छन् । 

परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै पाकिस्तानमा रहेका नेपाली चिकित्सकको संगठन 'सोसाइट अफ नेप्लिज डक्टर फ्रम पाकिस्तान' ले स्वेदश फर्कने वातावरण बनाइदिन आग्रह गरेका हुन् । 

सरकारी छात्रवृत्तिमा पाकिस्तानमा अध्ययनका लागि पुगेका विद्यार्थीहरुले पाकिस्तानको वाघा(अटारी सीमा हुँदै स्वदेश फर्कने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । 

नेपाल र पाकिस्तानबीच सिधा हवाइ उडानसमेत नभएको र स्थलमार्गबाट आउने अर्को विकल्प नभएका कारण स्वदेश फर्कने वातावरणको व्यवस्था मिलाइदिन उनीहरुले परराष्ट्र मन्त्रालयलाई आग्रह गरेका हुन् । 

चार्टर्ड विमानमा आउन निकै महँगो पर्ने भएका कारण स्थलमार्गबाट आउने अनुमतिको व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । त्यसका लागि खोप र पीसीआर जाँचको व्यवस्था आफूहरुले गर्ने उनीहरुको भनाइ छ।

Last modified on 2021-08-16 14:05:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts