स्वास्थ्य सेवा विभागको नर्सिङ महाशाखामा निरौला र राष्ट्रिय ट्रमा सेन्टरमा डा. रिजाल

काठमाडौं, ३२ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागको नर्सिङ महाशाखाको निर्देशकमा प्रा. गोमा निरौलालाई जिम्मेवारी दिएको छ ।
वीर अस्पतालको नर्सिङ प्रमुखको रुपमा कार्यरत निरौलालाई आइतबार महाशाखाको निर्देशकको जिम्मेवारी दिएको हो ।
निरौलालाई महाशाखा प्रमुखको जिम्मा दिएपछि मन्त्रालयले उक्त स्थानमा रहेकी रोशनीलक्ष्मी तुईतुईलाई वीरमा सरुवा गरेको छ ।
यस्तै मन्त्रालयले कान्ति बाल अस्पतालमा रहेका डा. बद्री रिजाललाई राष्ट्रिय ट्रमा सेन्टरको प्रमुखमा ल्याएको छ ।
हाडजोर्नी विशेषज्ञ डा. रिजाल नेपाल चिकित्सक संघका महासचिव पनि हुन् ।
Last modified on 2021-08-16 09:42:16