व्रत बस्दा स्वास्थ्यलाई हुने फाइदा...
यतिबेला सबैजना श्रावण मासको सोमवार मनाइरहेका छन् । विशेषगरि साउने सोमवारका दिन महिला र पुरुषहरु व्रत बस्ने गर्छन् । महिना अनुसार आज अन्तिम सोमवार हो भने तिथिको हिसाबले भने बाँकी एउटै सोमवार बाँकी छ । सोमवारका दिन व्रत बस्दा विभिन्न कुरामा ध्यान दिनपर्छ ।
सोमवार भगवान शिवको अराधना, श्रीमानको दीर्घायू र अविवाहिताले सुयोग्य वर पाउने विश्वासका साथ व्रत बस्ने गर्छन् ।
व्रत बस्दा शरीरमा पानीको मात्रा कम भइ कमजोर बन्छ । निराहार बस्दा थकाइका कारण कतिपय व्रतालु बिरामी समेत पर्ने गरेका छन् ।
उसो त सातामा एक दिन व्रत बस्नु महिला मात्र नभइ सबैका लागि राम्रो हुन्छ । तर, आफ्नो शरीरले सहन सक्ने किसिमले व्रत बस्दा राम्रो हुन्छ । जस्तै पानी र फलफूल सेवन गरि व्रत बस्ने आदी ।
चाडपर्व विशेषमा मात्र नभइ साप्ताहिक रुपमा व्रत बस्दा स्वास्थ्यलाई फाइदा हुन्छ । वर्षमा एक पटक पानी पनि नपिइ व्रत बस्नु भन्दा सातामा एक पटक पानी, फलफूल सेवन गरी व्रत वस्नु राम्रो हो । व्रतले मानव शरीरमा गर्न फाइदा र बेफाइदाबारे ग्यास्ट्रोइन्ट्रोलोजिष्ट प्रा.डा. भुपेन्द्र बस्नेतको भनाइ यस्तो छ :
नियमित व्रत बस्दाका फाइदा :
- व्रत बस्दा तौल नियन्त्रण हुन्छ ।
- तौल बढी या घटी हुँदा हुने विभिन्न समस्याबाट जोगिन सकिन्छ ।
- उच्च रक्तचाप, मधुमेह, यूरिकएसिड, कोलेस्ट्रोल तथा दीर्घ रोगबाट बचाउँछ ।
- पाचन प्रक्रियाले आराम पाउँछ ।
- रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ ।
- शरीरमा रहेका विषाक्त पदार्थ सफा हुन्छ ।