कोरोना कहरबीच दैलेखका विद्यालय धमाधम सञ्‍चालन



Download our app to get more features

दैलेख , ३१ साउन ।  दैलेखमा विद्यालय सञ्चालन गरी पठनपाठन सुरु भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु सञ्चालनमा आउन थालेका हुन् ।

जिल्लाको नारायण नगरपालिकाले पठनपाठन सुरु गरिसकेको छ । नगरपालिकाले साउन २२ गतेदेखि नै सामुदायिक तथा नीजि विद्यालय सञ्चालनमा ल्याएको हो । विद्यालय बन्द भएको अवस्थामा जिल्लाको दुईवटा सामुदायिक रेडियोहरु रेडियो ध्रुवतारा र रेडियो ज्वालाबाट कक्षा सञ्चालन गरेको नगरपालिकाले विद्यालय सञ्चालन गरेको हो । 

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिएको नारायण नगरपालिका शिक्षा शाखा संयोजक हिमालयजंग शाहले बताए । लामो समयदेखि बन्द रहेका नगरपालिकाभित्रका ३८ वटा सामुदायिक विद्यालयमा पठनपाठन सुरु गरिएको शाहको भनाइ छ । 

जिल्लामा आइतबासम्म ३ हजार ४ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ती मध्ये ३ हजार ४ सय ३७ जना निको भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए । 

रेग्मीका अनुसार हालसम्म कोरोना संक्रमणबाट २९ जनाले ज्यान गुमाइसकेका छन् भने सक्रिय संक्रमितका संख्या ३२ जना छ । हाल दैलेख अस्पतालको आइसोलेसनमा ८ जना उपचाररत छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts