कोरोना अपडेट : शनिबार २ हजार ६ सय २४ जनामा संक्रमण, २० जनाको मृत्यु

काठमाडौं, ३० साउन । शनिबार २ हजार ६ सय २४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार १३ हजार ५ सय ७३ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ६ सय २४ जना संक्रमित भेटिएका हुन्।
यस्तै आज २० जना संक्रमितको मृत्यु भएको छ भने १ हजार ३ सय २० जनाले कोरोनालाई जितेर घर फर्किएका छन्। पछिल्लो विवरण अनुसार हाल देशभर ३९ हजार ४ सय ५ जना संक्रिय संक्रमित रहेका छन्।
सङ्क्रमितमध्ये ३६ हजार भन्दा बढी घरमा तथा ३ हजार चार सय भन्दा बढी संस्थागत आइसोलेशनमा छन्। अहिले ७६० जना देशभरिका विभिन्न अस्पतालका आइसीयूमा र १८६ जना भेन्टिलेटरमा छन्।
हाल कुल परीक्षणको १९.३३ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको विवरणमा उल्लेख गरिएको छ।
Last modified on 2021-08-15 08:25:54