कोभिसिल्डको पहिलो डोज खोप लगाएको झन्डै पाँच महिना पछि दोस्रो मात्रा
काठमाडौं, ३० साउन । कोभिसिल्डको पहिलो डोज खोप लगाएको झन्डै पाँच महिना पछि दोस्रो मात्रा दिन थालिएको छ।
कोभिसिल्ड या एस्ट्राजेनिका खोप पहिलो डोज लगाएको २ देखि ३ महिना पछि दोस्रो डोज लगाउनु पर्ने भनिए पनि खोपको अभावले पहिलो डोज लगाएको झन्डै पाँच महिना पछि दोस्रो डोज लगाउन सुरु गरिएको हाे।
लामो अन्तरालमा दोस्रो मात्रा लगाउँदा पनि खोपले काम गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। कोभिसिल्ड वा एस्ट्राजेनिका एकै प्रकृतिका खोप भएकोले कोभिसिल्डको पहिलो मात्रा लगाएकाहरूले ढुक्क भएर एस्ट्राजेनिका खोप लगाउन सकिने मन्त्रालयले जनाएकाे छ।
Last modified on 2021-08-15 08:25:43