देशभर सक्रिय संक्रमित ३८ हजार बढी,७ सय ३६ जना आईसीयूमा
काठमाडौं,२९ साउन । नेपालमा थप २७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २७ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार २ सय ३९ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ९७ रहेको छ । जसमा ३५ हजार ५ सय १८ जना होम आइसोलेसनमा छन् भने ३ हजार २ सय ८० जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।
यस्तै हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ७ सय ३६ जना आईसीयूमा उपचाररत छन् भने १ सय ८६ जना भेन्टिलेटरमा भर्ना भएका छन् ।
गत २४ घन्टामा देशभर ३ लाख ६७ हजार ३ सय ४१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने हालसम्म कोरोनाको दुबै मात्रा खोप लगाउनेको संख्या ३२ लाख २३ हजार ६ सय ९३ पुगेको छ ।