नेपाल औषधि उत्पादक संघको अध्यक्षमा पाण्डे
काठमाडौं,२९ साउन । नेपाल औषधि उत्पादक संघ (एपोन) को अध्यक्षमा प्रज्वल जंग पाण्डे सर्वसम्मतिले चयन भएका छन् । आइतबार भएको अधिवेशनबाट अध्यक्षमा पाण्डे चयन भएका हुन् ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा महेश प्रधान, उपाध्यक्षमा सन्तोष बराल, महासचिवमा विप्लव अधिकारी, कोषाध्यक्षमा प्रभाव रुङगटा चयन भएका छन्।
त्यस्तै सदस्यहरुमा पृथ्वीराज भण्डारी, सुदर्शन खैगुली, दिपक टिवेडवाल, सुदिप प्रधान र गणेश पाठक चयन भएका छन् ।
Last modified on 2021-08-16 15:22:45