तपाईंको मास्क खै अभियान प्रभावकारी बन्दै,उपत्यकामा २६ हजार बढी मास्क वितरण



Download our app to get more features

 काठमाडौं,२९ साउन । सरकारले चलाएको तपाईंको मास्क खै अभियान प्रभावकारी बन्दै गएको छ ।

नेपालमा पछिल्लो समय कोरोना संक्रमणदर बढिरहेको र मास्कलाई थप व्यवस्थित तरिकाले लगाउनु पर्छ भन्ने कुरालाई ध्यानमा राखि सरकारले नेपाल मास्क अभियान चलाएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन १९ गते शनिबारदेखि ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ  मास्क अभियान सुरु गरेको छ ।

मास्क अभियान सुरु भएदेखि अहिले सम्म उपत्यकामा २६ हजार ७ सय २० वटा मास्क वितरण भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सन्जीव शर्मा दासले बताए । 

उनका अनुसार मास्क सर्वसाधरणलाई वितरण गर्दा थाहा नभएका सर्वसाधरणहरुले मैले गलत नै गरेछु की भन्ने महसुस गर्ने र थाहा भएर पनि नलगाउनेहरुलाई बुझाउन गाह्रो हुने गरेको छ ।  'तपाईंको मास्क खै' अभियानको राम्रो प्रभाव परेको दास बताउछन् ।

सडक प्रयोगकर्ता तथा सर्वसाधरणलाई मास्क अनिवार्य रूपमा प्रयोग गर्न स्मरण गराउने र मास्कको प्रयोग नगरेकाहरुलाई लगाउन प्रेरित गर्ने उदेश्यले सञ्चालन गरेको अभियानमा ९ सय ट्राफिक प्रहरी परिचालित छन् ।

Last modified on 2021-08-13 17:09:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts