दक्षिण कोरिया जाने नेपालीलाई जोनसन एण्ड जोनसन खोप दिइने
काठमाडौं,२९ साउन । दक्षिण कोरिया जाने नेपालीहरुले कोरोनाविरुद्धको खोप पाउने भएका छन् । सरकारले उनीहरुलाई कोरोनाविरुद्धको जोनसन एण्ड जोनसन खोप दिने भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुचना जारी गर्दै रोजगार वा अन्य सिलसिलामा दक्षिण कोरिया जाने नेपालीहरुलाई खोप लगाउन आह्वान गरेको छ ।
खोप प्रहरी अस्पताल,महाराजगन्ज र सैनिक अस्पताल छाउनीबाट लगाउन सकिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले खोप लगाउन जाँदा मास्क लगाउने,भौतिक दूरी कायम गर्ने जस्ता मापदण्ड अपनाउन आग्रह गरेको छ ।
Last modified on 2021-08-13 13:39:06