गत २४ घन्टामा देशभर ३२ जनाको मृत्यु,१ सय ८३ जना भेन्टिलेटरमा
काठमाडौं,२८ साउन । नेपालमा थप ३२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३२ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार २ सय १२ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १ सय ८० रहेको छ । जसमा ३४ हजार ८ सय ३८ जना होम आइसोलेसनमा छन् भने ३ हजार ३ सय ४२ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।
यस्तै हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ७ सय ३७ जना आईसीयूमा उपचाररत छन् भने १ सय ८३ जना भेन्टिलेटरमा भर्ना भएका छन् ।
गत २४ घन्टामा देशभर ५६ हजार ८ सय ५३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने हालसम्म कोरोनाको दुबै मात्रा खोप लगाउनेको संख्या २९ लाख २२ हजार २ सय ४० पुगेको छ ।