ललितपुर महानगरपालिकामा अशक्तलाई घरमै खोप लगाइने



Download our app to get more features

काठमाडौं, २८ साउन । ललितपुर महानगरपालिकाले खोप केन्द्रसम्म जान नसक्ने अशक्त, अपांग नागरिकलाई घरमै कोभिड-१९ विरुद्धको खोप लगाउने व्यवस्था गर्ने भएको छ।

खोप केन्द्रसम्म जान नसक्ने जनगुनासो आएको भन्दै महानगरपालिकाले सूचना जारी गरी यस्तो जानकारी दिएको हो। खाेपका लागि अशक्त, अपांग व्यक्तिकाे व्यक्तिगत विवरण महानगरपालिकाको स्वास्थ्य शाखामा बुझाउन आग्रह गरेको छ।

सूचनामा लेखिएको छ,‘विवरण संकलन भएपश्चात उपयुक्त समयमा महानगरपालिकाबाटै व्यवस्थापन गरी खोप लगाइने व्यहोरा जानकारी गराइन्छ।’


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts