खोप लगाउने केन्द्र विस्तार गरी १६ हजार पुर्याउने तयारी हुँदैछ : राज्यमन्त्री श्रेष्ठ



Download our app to get more features

काठमाडौं, २८ साउन । सरकारले कोभिड–१९ विरुद्धको खोप लगाउने केन्द्र विस्तार गरी १६ हजार पुर्याउने तयारी गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमार्फत खोप केन्द्र १६ हजार पुर्याउने सरकारको योजना रहेको बताएका छन् ।

खोप केन्द्र अव्यवस्थित बनेको भन्दै जनगुनासो बढेपछि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सोमबार काठमाडौंस्थित शिक्षण अस्पताल, चपलीहाइट लगायतका खोप केन्द्रको अनुगमन गरेका थिए । 

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले खोपको आपूर्ति बढाएर आगामी चैत मसान्तभत्रि सम्पूर्ण नागरिकलाई खोप लगाइसक्ने प्रतिवद्धता दोहोर्याएका छन् । 

उनले अहिले ४ हजार ४ सय २२ खोप केन्द्र रहेकोमा खोपको आपूर्ति बढाएर १६ हजार खोप केन्द्रबाट कोभिड–१९ विरुद्धको खोप वितरण गर्ने योजना रहेको ट्वीटमा उल्लेख गरेका छन् ।

सरकारले खोप वितरणमा ध्यान नदिएको भन्दै चिकित्सक र जनस्वास्थ्य विदहरुले सरकारलाई बारम्बार आग्रह गर्दै आएको छ ।

Last modified on 2021-08-12 12:16:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts