खोप खरिद गर्न नेपाललाई एडीबीले दियो १९ अर्ब ५८ करोड सहुलियतपूर्ण ऋण



Download our app to get more features

 काठमाडौं,२७ साउन ।  नेपाललाई कोरोना विरुद्धको खोप खरिदका लागि एसियाली विकास बैंक (एडीबी) ले ऋण दिएको छ । आज नेपाल सरकार र  एडीबी बीच १९ अर्ब ५८ करोड रुपैयाँ बराबरको ऋण सम्झौता भएको हो । 

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारको तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र एडीबीका तर्फबाट कन्ट्री डाइरेक्टर आनो कुस्वाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा अर्थसचिव मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धताको सुनिश्चितताको लागि एसियाली विकास बैंकको यो सहायता महत्वपूर्ण हुने बताएका छन् ।

त्यस्तै एडीबीका कन्ट्री डाइरेक्टर कुस्वाले यो सम्झौता कोभिड–१९ को चक्र तोडेर नागरिक जीवनको रक्षा गरी आर्थिक एवं सामाजिक पुनरुत्थानतर्फ अघि बढ्न सहयोगीसिद्ध हुने विश्वास व्यक्त गरेका छन् । 

उक्त ऋण सहायताले १ करोड ५९ लाख डोज कोरोना विरुद्धको खोप खरिद गर्न सक्ने र यसबाट ६८ लाख नागरिक लाभान्वित हुने बताएको छ  ।

Last modified on 2021-08-12 08:40:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts