कोरोनाबाट थप ३० जनाको मृत्यु,१ सय ८४ जना भेन्टिलेटरमा



Download our app to get more features

काठमाडौं, २७ साउन । नेपालमा थप ३० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३० जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार १ सय ८०  पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ रहेको छ । जसमा ८ सय १३ जना होम आइसोलेसनमा छन् भने २ सय २० जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।

यस्तै हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ७ सय ९६ जना आईसीयूमा उपचाररत छन् भने १ सय ८४ जना भेन्टिलेटरमा भर्ना भएका छन् ।

गत २४ घन्टामा देशभर १ लाख ९५ हजार २ सय ११  जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने हालसम्म कोरोनाको दुबै मात्रा खोप लगाउनेको संख्या २८ लाख ८८ हजार ३ सय ६०  पुगेको छ ।

Last modified on 2021-08-12 08:40:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts