नेपालमा २७ लाख बढिले लगाए कोरोनाविरुद्धको खोप,२४ घन्टामा ३५ जनाको मृत्यु



Download our app to get more features


काठमाडौं, २६ साउन । नेपालमा थप ३५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३५ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार १ सय ५०  पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ३२ रहेको छ । जसमा ३३ हजार ९ सय ८५ जना होम आइसोलेसनमा छन् भने ३ हजार ३ सय ४७ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।

यस्तै हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ७ सय ६१ जना आईसीयूमा उपचाररत छन् भने १ सय ७६ जना भेन्टिलेटरमा भर्ना भएका छन् ।

गत २४ घन्टामा देशभर १ लाख ३२ हजार २ सय २१  जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने हालसम्म कोरोनाको दुबै मात्रा खोप लगाउनेको संख्या २७ लाख २२ हजार २० पुगेको छ ।

Last modified on 2021-08-11 10:32:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts