चिकित्सक लाइसेन्सको परीक्षा साउन २८ र २९ गते हुने
काठमाडौं, २६ साउन । नेपाल मेडिकल काउन्सिलले चिकित्सकको लाइसेन्स (दर्ता ) परीक्षा गर्ने भएको छ । काउन्सिलले २८ र २९ साउनमा लाइसेन्स परीक्षा गर्ने जानकारी दिएको हो । परीक्षा पुल्चोक इन्जिनियरिङ क्याम्पसको सूचना तथा संचार केन्द्रमा हुने बताइएको छ ।
परीक्षा दुई सिफ्टमा हुने कार्यतालिका रहेको छ। २८ गते पहिलो दिन बिहान १० बजे हुने परीक्षामा रोल नम्बर २१०८२०३२१ देखि २१०८२०६४० सम्म हुनेछ भने सोही दिन दिउँसो ३ बजे हुने परीक्षामाा रोल नम्बर २१०८१०००१ देखि २१०८१०१९६ सम्म हुनेछ।
त्यसैगरी २९ गते बिहान १० बजे हुने परीक्षामा रोल नम्बर २१०८२०००१ देखि २१०८२०३२० र दिउँसो ३ बजे हुने परीक्षामा रोल नम्बर २१०८२०६४१ देखि २१०८२०९६० सम्मको परीक्षा हुने काउन्सिलले बताएको छ ।
Last modified on 2021-08-10 16:11:14