कोरोना संक्रमणबाट देशभर थप २२ जनाको मृत्यु,१ सय ८६ जना भेन्टिलेटरमा भर्ना
काठमाडौं, २५ साउन । नेपालमा थप २२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २२ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार १ सय १५ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार २ सय ८८ रहेको छ । जसमा ३२ हजार ९ सय ७ जना होम आइसोलेसनमा छन् भने ३ हजार ३ सय ८१ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।
यस्तै हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ८ सय ४१ जना आईसीयूमा उपचाररत छन् भने १ सय ८६ जना भेन्टिलेटरमा भर्ना भएका छन् ।
गत २४ घन्टामा देशभर १ लाख ४५ हजार ३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने हालसम्म कोरोनाको दुबै मात्रा खोप लगाउनेको संख्या ८१ लाख ३१ हजार ४ सय ८१ पुगेको छ ।