कोरोना खोप खरीदमा अनियमितता गर्नेलाई कडा कारबाही गर्न सरकारलाई निर्देशन
काठमाडौँ, २५ साउन । कोभिडविरुद्धको खोप खरीदमा अनियमितता गर्नेहरुमाथि कडा कारबाही गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले कोरोनाविरुद्धको खोप खरीदमा अनियमितता भएरनभएको अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।
समितिकी सभापति निरुदेवी जैरुका अनुसार खोप खरीदमा भएको अनियमितताबारे अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई सचेत गराइएको छ ।
समितिले कोभिडको तेस्रो लहर आउन नदिने गरी पूर्व तयारीका लागि आवश्यक सामग्रीहरुको उचित प्रबन्ध गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।
Last modified on 2021-08-09 18:08:03