महाकाली अस्पतालमा बाल कोभिड अस्पताल निर्माण हुँदै 



Download our app to get more features

कञ्चनपुर,२४ साउन । कञ्चनपुरको महाकाली अस्पतालमा बाल चिकित्सा कोभिड अस्पताल निर्माण हुने भएको छ। तेस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि अस्पतालले चालू आर्थिक वर्ष २०७८/७९ मा अस्पताल निर्माण गर्न लागेको हो। 

महामारी नियन्त्रणको पूर्वतयारीका लागि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा शिशु, बालबालिका उपचारका लागि ५० बेडको अस्पताल सञ्चालन हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए।  

झन्डै ९० लाखमा जेभी निर्माण सेवाले ५ असोजभित्रै भवन निर्माण गरिसक्ने सम्झौता गरेको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts