काठमाडौँमा एस्ट्राजेनेका खोप १४४ केन्द्रबाट लगाउन सकिने
काठमाडौँ,२४ साउन । साउन २५ गते सोमबार देखि एस्ट्राजेनेका खोप अभियान चल्दै छ । यो खोप कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई लगाइदै छ ।
स्वास्थ्य कार्यालय काठमाडौंले एस्ट्राजेनेका खोप लगाउने स्थानहरु तोकेको छ । कार्यालयले एस्ट्राजेनेका खोप काठमाडौंको १४४ केन्द्रबाट लगाउन सकिने जनाएको छ । यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुबाट नै एस्ट्राजेनेका खोप लगाउन सकिन्छ ।
स्वास्थ्य कार्यालयले स्वास्थ्य मन्त्रालयको अनलाइन प्रणालीमा विवरण इन्ट्री गराएकाहरुलाई खोप प्रदान गरिने बताएको छ । यदि अन्यलाई खोप प्रदान भएमा संस्थाका प्रमुख, कोअर्डिनेटर, स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरुलाई कानुनबमोजिम कारबाही गरिने स्वास्थ्य कार्यालयले बताएको छ ।
Last modified on 2021-08-08 16:40:54