थप १९ जनाको कोरोनाका कारण मृत्यु, २४ घन्टामा झन्डै २ लाखले लगाए कोरोनाविरुद्धको खोप



Download our app to get more features

काठमाडौं, २३ साउन । नेपालमा थप १९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १९ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३२ रहेको छ । जसमा ३२ हजार २७ जना होम आइसोलेसनमा छन् भने ३ हजार ४ सय ५ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।

यस्तै हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ७ सय ४६ जना आईसीयूमा उपचाररत छन् भने १ सय ६९ जना भेन्टिलेटरमा भर्ना भएका छन् ।

गत २४ घन्टामा देशभर १ लाख ९१ हजार ३ सय ३९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने हालसम्म कोरोनाको दुबै मात्रा खोप लगाउनेको संख्या २३ लाख ५९ हजार ७ सय ९३ पुगेको छ ।

Last modified on 2021-08-08 07:25:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts