भेरी अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु
काठमाडौं, २३ साउन । बाँकेस्थित भेरी अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ।
बर्दिया गुलरियाका ५० वर्षीय पुरुष र बारबर्दियाका ५२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार गुलरियाका पुरुषको शुक्रबार राति र बारबर्दियाका पुरुषको शनिबार बिहान मृत्यु भएको हो।
योसँगै बाँकेमा जिल्लाभित्रै ३२२ र अन्य जिल्लाबाट उपचारका लागि पुगेका ३८३ संक्रमितको मृत्यु भएको छ।