साउन २५ गतेबाट  जेष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो डोज दिइने



Download our app to get more features

काठमाडौं,२२ साउन । सरकारले साउन २५ गतेदेखि जेष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो डोज दिइने भएको छ । 

कोभिड १९ विरुद्धको दोस्रो डोज खोप लगाउन बाँकी करिब १३ लाख ३८ हजार ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई साउन २५ गतेदेखि खोप लगाउन लागिएको हो । स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई खोप दिइदै छ । 

गौतमका अनुसार प्रदेश १ र २ मा  भने सुरु हुन  केही दिन ढिलो हुनेछ । ति प्रदेशहरुमा अहिले भेरोसेल खोप अभियान चलिरहेको हुनाले कोभिशिल्डको खोप अभियान ढिला भएको हो । 

फागुन तेस्रो साता ६५ वर्षमाथिका १३ लाख ३८ हजार भन्दा बढी जेष्ठ नागरिकले भारतको सेरम इन्स्टिच्यूटले विकास गरेको कोभिशिल्ड नामक खोपको पहिलो डोज लगाएका थिए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो डोज १२ हप्तापछि लगाउनुपर्ने बताएपनि खरिद सम्झौता भएकोमध्ये १० लाख डोज खोप भारतले नदिएपछि उनीहरु दोस्रो डोज लगाउनबाट वञ्चित भएका थिए ।

Last modified on 2021-08-07 08:03:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts