बीपी प्रतिष्ठानमा अनियमितता गर्नेलाई कारबाही गर्ने राज्यमन्त्रीको प्रतिवद्धता



Download our app to get more features

काठमाडौं,२२ साउन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  अनियमितता गर्नेलाई कारबाही गर्ने बताएका छन् । 

शुक्रबार बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा श्रेष्ठले छानबिन समिति गठन गरेर कारबाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएका हुन् ।

श्रेष्ठले छिट्टै सिनेट बैठक बोलाई छानबिन समिति गठन गर्ने र छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा दोषीमाथि कडा कारबाही गर्ने पनि बताएका छन् । 

जनस्वास्थ्यजस्तो संवेदनशील विषयमा खेलबाड गर्नेहरुमाथि कारबाही गर्न छुट्टै अनुगमन इकाई बनाउने पनि राज्यमन्त्री श्रेष्ठले बताएका छन् । 

Last modified on 2021-08-08 07:24:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts