नियमित स्तनपानले बचाउँछ स्तन क्यान्सर 



Download our app to get more features

स्तनपान बच्चाका लागि अमृत समान हुन्छ । तर आजभोली सौन्दर्य बिग्रने भन्दै कतिपय आमाले बच्चालाई स्तनपान गराउन हिचकिचाउने गरेको पाइन्छ । स्तनपानले बच्चालाई मात्र होइन नियमित स्तनपान गराउँदा स्वास्थ्यका दृष्टिकोणबाट आमालाई पनि फाइदा मानिन्छ । 

स्तनपान गर्ने र गराउने चलन स्तनधारीको विकाससँगै यसको पनि विकास भएको पाइन्छ । यो ज्यादै पुरानो प्रचलन हुनुका साथै प्राकृतिक र स्वस्थकर मानिन्छ । तर विश्वमा भएको विकास र अनेकौ परिवर्तनका कारण स्तनपान गराउने प्रचलन घट्दै गएको छ । 

त्यसैले शिशुलाई सुरक्षित स्तनपान गराउन आमालाई प्रेरित गर्ने उद्धेश्यले हरेक वर्ष अगष्ट १ देखि ७ सम्म विभिन्न कार्यक्रम गरी सप्ताह व्यापी विश्व स्तनपान दिवस मनाउँदै आइएको छ । यस वर्ष पनि ‘स्तनपानः दीगो विकासको प्रमुख आधार’ भन्ने नाराका साथ नेपालमा पनि विश्व स्तनपान सप्ताह विभिन्न जनचेतनाका साथ भइरहेको छ । 

बच्चा जन्मेदेखि छ महिनासम्म आमाको दुध मात्र खुवाउनुपर्छ । छ महिनापछि आमाको दुध सँगसँगै पोषिलो खाना दिनुपर्ने हुन्छ । नियमित स्तनपान गराउनाले बच्चाको साथ साथै आमामा पनि धेरै फाइदा पुगेको हुन्छ । नियमित स्तनपान गराउनाले महिलामा हुने स्तन क्यासरको जोखिमसमेत कम हुन्छ ।

दुई वर्षसम्म नियमित स्तनपान गराउने भन्दा नगराउने महिलामा स्तन क्यान्सरको असर धेरै पाइएको छ । नियमित स्तनपान गराउँदा महिलाको हर्मोनमा आउने परिवर्तनका कारण स्तन क्यान्सरको जोखिमबाट बचाउँन सक्छ । त्यसैले स्तनपानले बच्चालाई मात्र नभइ आमालाई पनि रोगबाट बचाउन धेरै सहयोग गरिएको छ । 

स्तनपानका बारेमा जनचेतना दिने क्रममा यस विषयलाई पनि प्राथमिकतामा साथ जानकारी दिन जरुरी हुन्छ । सन् २०१३ मा १२ वटा अस्पतालमा गरिएको अध्ययन अनुसार सात हजार ५२ जनामा स्तन क्यान्सर पाइएको थियो । स्तन क्यान्सर पाठेघरको मुखको क्यान्सरपछि दोस्रो स्थानमा रहेका छ । दुई वर्षसम्म निरन्तर स्तनपान गराउने महिलामा स्तनपानको जोखिम कम रहेको चेतना फैलाउन सके स्तन क्यान्सरको संख्यामा समेत घट्न सक्छ ।  


वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभाग प्रमुख प्रधानाङ्गसँग बासुदेव न्यौपानेले गरेको कुराकानीमा आधारित । 

Last modified on 2016-08-04 18:23:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts