उपचारका लागि नेपालगन्ज हिँडेकी सांसद वलीलाई बुटवल पुर्याइयो
लुम्बिनी, २१ साउन । लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी वली खत्रीले साउन १५ गते उपचारका लागि नेपालगन्ज जाने क्रममा आफूलाई लुम्बिनी प्रदेशसभाका एमाले सचेतक भूमिश्वर ढकाल र स्थानीय नेता मानबहादुर राउतले बुटवल पु¥याएको बताएकी छिन् ।
बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनले भनिन्,’ २०७८ साउन १५ गते दिनको ११ बजे म उपचारको लागि नेपालगन्ज हिँड्न लागेको समयमा नेकपा ९एमाले० लुम्बिनी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल र स्थानीय नेता मानबहादुर रावत मेरो घर तुल्सीपुरमा आए, फेरि उही दबाब दिन थाले ।
मैले फेरि पनि इन्कार गरे म बिरामी छु, उपचारको लागि नेपालगन्ज जाँदैछु, जानदिनु भन्दा प्रमुख सचेतक भूमिश्वर ढकालले हामी पनि नेपालगन्ज जाने हो, सँग जाऔं हामी नै पुर्याइदिन्छौं भने । उनी जस्तो जिम्मेवार नेताले भनेपछि मैले विश्वास गरी गाडीमा बसें ।
गाडी तुल्सीपुरबाट अमिलिया आएर उनीहरुले खाना खाएपछि गाडीमा बसियो तर गाडी नेपालगन्जतिर जानु पर्नेमा एक्कासि बुटवलतिर मोडियो तत्कालै मैले प्रतिवाद गर्दै भनें यता कहाँ जाने हो रु गाडी बुटवलतिर हुँइकिरहयो, मैले यसो किन गरेको भनी लगातार प्रतिवाद गरिहँदा उनीहरुले भने एक पटक मुख्यमन्त्रीज्युलाई भेट्नु पर्यो भनेर गाडी नरोकी एकैचोटी बुटवल मुख्यमन्त्री निवासमा पु¥याइयो ।’
साउन २० गते बिहान आफूलाई असह्य मानसिक पीडा भएको र दिनको पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका हेरी ट्वाइलेटको चप्पल लगाएर माओवादी केन्द्र संसदीय दलको कार्यालयमा पुगेको उनले बताएकी छिन् ।