नेपालमा कोरोनाबाट ३७ जनाको मृत्यु,एकैदिन थपिए ३ हजार ९ सय ३८ संक्रमित 



Download our app to get more features

काठमाडौँ,२१ साउन ।  नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ सय ९४ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ८ सय ७० मा आरटी पीसीआर  विधिबाट गरिएको  परीक्षणमा ३ हजार ९ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८ हजार ७९ पुगेको  छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार १२ जना रहेको छ । योसँगै नेपालमा ६ लाख ६३ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४ सय २२ जना रहेको छ ।  जसमध्ये ३१ हजार १ सय ८ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३१४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७ सय १३ जना आईसीयू र १ सय ५८ जना भेन्टिलेटरमा रहेका छन् । 
 

Last modified on 2021-08-06 09:38:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts