कामपाले सञ्चालन गरेको छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा बन्द
काठमाडौँ,२१ साउन । काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको छत्रपाटी कोभिड विशेष अस्पताल तथा नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगन गरेको छ ।
महानगरले आइसोलेसनमा भर्ना हुन आउनेको सङ्ख्या कम भएको कारण सेवा हाललाई स्थगन गरेको जनाएको छ । बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ६७ औं कार्यपालिका बैठकले कोभिड संक्रमण रोकथाम र नियन्त्रणका लागि गरिएका कार्यक्रम हालका लागि स्थगन गर्ने निर्णय गरेको हो ।
महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार तत्काल अन्य अस्पतालमा बिरामीले सहजै उपचार गराउन पाउने भएकाले आइसोलेसनको सेवा बन्द गरिएको हो । आवश्यक परे आगामी दिनमा सेवालाई निरन्तरता दिने गरी हाललाई सेवा बन्द गरिएको उनले बताएका छन् ।
Last modified on 2021-08-05 14:57:48