डोटीमा भाइरल ज्वरोको बिरामी बढे, जिल्ला स्वास्थ्य कार्यालय भन्छ: थाहा छैन



Download our app to get more features

काठमाडौं,२१ साउन । डोटीमा भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ । पछिल्लो केही समय यता अस्पतालमा दैनिक अस्पताल आउने बिरामीको संख्या ४० देखि ५० रहेको छ । 

जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेण्डेन्ट एवं कार्यालय प्रमुख कृष्ण जोशीले विगत केही दिनदेखि भाइरल ज्वरोका बिरामी अस्पताल आउने क्रम बढेको बताए । उनले  अस्पतालमा दैनिक सय जना उपचार गर्न आउनेमा कम्तीमा ४० देखि ५० जनासम्म भाइरल ज्वरोका बिरामी रहेको बताए । 

जोशीका अनुसार पहिला कोरोनाको डरले ज्वरो आएपनि उपचार गर्न अस्पताल आउन नमानेपछि पछिल्लो समय मौसम परिवर्तनका कारणले ज्वरोको बिरामी बढेर अस्पताल आउन थालेका छन् ।  

तर, जिल्ला स्वास्थ्य कार्यलय डोटीका प्रमुख उद्धव बहादुर ठगुन्नाले भने अस्पतालले त्यस बारेमा स्वास्थ्य कार्यलयलाई जानकारी नदिएको बताएका छन् । 

हाम्रो डक्टर न्यूजसँगको कुराकानीमा उनले जिल्लामा भाइरल ज्वरोका बिरामी बढेको बारे कुनै जानकारी नरहेको र हालसम्म यस विषयमा स्वास्थ्य कार्यालयमा कुनै रिपोर्ट नआएको बताए । 

ठगुन्नाले भने, ‘हामीसँग त्यस्तो जानकारी आएको छैन्, तपाईंले भनेपछि थाहा पाए । अब के छ म बुझ्छु ।’

स्थानीय तहहरुले पनि भाइरल ज्वरो बढेको भन्ने कुनै जानकारी नगराएको उनको भनाइ छ ।

Last modified on 2021-08-05 12:09:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts